अनुसूची ४१६१
म्याद थप गर्न सक्नेः
(१) नियम ४१ छ. बमोजिम सार्वजनिक रुपमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र निवेदनसाथ पेश गर्नु पर्ने विवरणको सङ्कलन गर्ने काम सम्पन्न हुन नसकेको आधार र कारण खुलाई सम्बन्धित स्थानीय तहले सो प्रयोजनको लागि म्याद थप गर्न आयोग समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम म्याद थपको लागि अनुरोध भई आएमा आवश्यकता र औचित्यता हेरी आयोगले एक पटकको लागि पैंतीस दिनको म्याद थप गर्न सक्नेछ । त्यस्तो म्याद थप सम्बन्धी सूचना आयोगले राष्ट्रियस्तरको दैनिक पत्रिकामा सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ |
(३) उपनियम: (२) बमोजिमको म्याद थप सम्बन्धी सूचनालाई सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रभित्र प्रचार प्रसार समेत गर्नु वा गराउनु पर्नेछ ।